एमाले अध्यक्ष ओली आज प्रधानमन्त्री नियुक्त हुदै

Share

झापा/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैहुनुहुन्छ । राष्ट्रपतिले आह्वान गरे बमोजिम शुक्रबार साँझ नेपाली काँग्रेसको सहमतीमा बहुमत साँसदहरको हस्ताक्षर सहित प्रधानमन्त्रीमा दाबी पेश गर्नु भएका अध्यक्ष ओलीलाई आज प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी शीतल निवासले गरेको छ । अध्यक्ष ओलीले १६६ जना साँसदको हस्ताक्षर सहित दाबी पेश गर्नु भएको छ ।संविधान जारी भए लगत्तै २०७२ सालमा पहिलो पटक प्रधानमन्त्री नियुक्त हुनु भएका ओली यस पटक चौथो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त हुँदैहुनुहुन्छ । शीतल निवास स्रोतका अनुसार भोली बिहान साढे ११ बजे सपथ ग्रहण गराउने तयारी छ । सपथ ग्रहण लगत्तै बालुवाटार निवास सर्ने बालकोटको तयारी छ ।फागुन २१ गते माओवादी र एमालेबीच भएको गठबन्धन असार १७ गते तोडिएको थियो । नेकपा एमाले र नेपाली काँग्रेसबीच सहमती भएपछि अध्यक्ष ओलीलाई नेपाली काँग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव गरेको हो । उहाँलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न लागिएको हो ।गत शुक्रबार संसदबाट विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल पद मुक्त हुनु भएको थियो । लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले बहुमत साँसदहरुसहित प्रधानमन्त्रीमा दाबी गर्न दलहरुलाई आह्वान गर्नुभएको थियो ।

ताजा समाचार