मोरङमा ट्रिपरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु,ट्रिपर चालक पक्राउ

Share

झापा ।मोरङको उर्लाबारीमा ट्रिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
उर्लाबारी–मधुमल्ला सडक खण्डअन्तर्गत उर्लाबारी नगरपालिका–६ सिलौलीमा टिपरको ठक्करबाट स्कुटर चालक उर्लाबारी–६ की २७ वर्षीया सीता बोहोराको मृत्यु भएको हो।

बागमती प्रदेश ०३–००१ क १०९० नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ६८३३ नम्बरको स्कुटरलाई साँझ ६ ५० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।दुर्घटनामा स्कुट्को पछाडि सवार मृतकका छोरा ९ वर्षीय प्रशान्त बोहोरा घाइते भएका छन्। उनको बिराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ४२ वर्षीय लालबहादुर लिम्बुलाई नियन्त्रणमा लिएको छ। चालकको लापरबाही र टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

ताजा समाचार