नवीकरणीय उर्जालाई प्रोत्साहन गरिनु पर्नेमा नेता दाहालको जोड

ताजा समाचार देश

झापा। नेकपा एमाले, राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले विश्वव्यापी जलवायू परिवर्तनको जोखिम कम गर्न नविकरणीय उर्जालाई प्रोत्साहन गरिनु पर्ने बताउनु भएको छ । 
सोमबार राष्ट्रिय सभा नवकरणीय उर्जा तथा उर्जा दक्षता सम्वन्धि विधेयकमा आफ्नो धारणा राख्दै उहाँले वातावरण प्रदुषण तथा जलवायू परिवर्तनले विश्वकै प्राणी जगत संकट तर्फ धकेलिएको जस्ता विषय विधेयकले समेटेको समेत बताउनुभयो । प्रस्तुत विधेयक स्वागत योग्य भएको भन्दै  नेता दाहालले नविकरणीय उर्जाको उत्पादन, प्रशारण र उपयोगलाई प्रोत्साहन गर्न थप व्यवस्था गरिनु पर्ने समेत उल्लेख गर्नु भयो । 
विधेयकमा नविकरणीय उर्जा उत्पादन, प्रशारण र खपत गर्नेले नियमित परीक्षणको व्यवस्था गरेको भन्दै उहाँले पहिलो पटक ५ वर्षमा र त्यस पछि ३÷३ वर्षमा परीक्षण गर्नु पर्ने उल्लेख गरिएको बताउनु भयो । तर उर्जा परीक्षक निजी फर्म वा व्यक्ति समेत हुन सक्ने विषय कतिको पारदर्शी हुन सक्ला भनेर उहाँले प्रश्न समेत गर्नुभयो । 
विश्वव्यापी जलवायू परिवर्तनको जोखिम कम गर्न र कार्वन उत्सर्जनलाई निरुत्साहित गर्न नविकरणीय उर्जाको उपयोग अहिलेको आवश्यकता समेत बनेको उहाँको भनाई थियो । 

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *