देशैभर धान रोपाई शुरु,कोशीमा ५ प्रतिषतमा सम्पन

Share

१० असार,झापा ।देशका विभिन्न स्थानमा धान रोपाइँ सुरु भएको छ । विभिन्न ठाउँमा खडेरीले बिउ ब्याडमै सुक्ने अवस्थामा पुगेका वेला देशभर मनसुन फैलिएसँगै रोपाइँ सुरु भएको हो। अन्नको भण्डार मानिने कोशी प्रदेशका कुल धान खेती हे क्षेत्रमध्ये ५ प्रतिषतमा रोपाई सकिएको छ ।
कृषि बिकाश निर्देनालयका बिराटनगरका अुसार कोशी प्रदेशका मध्यपहाडी जल्लामा सबैभन्दा बढी १० प्रतिषत भएको छ भने तराईका जिल्लामा ३.१४ प्रतिषत धान रोपई छ ।यस्तै उच्च पहाडी जिल्लामा भने ६ प्रतिषत धान रोपाई भएको छ ।कोशी प्रदेशमा २ लाख ७६ हजार ८ सय ८६ हेक्टर क्षेत्रफलमा धान खेति हुदै आएकोमा हालसम्म १५ हजार ३६० हेक्टर क्षेत्रफलमा धान ररोपाई भएको छ ।
पूर्बको प्रमुख बालिका रुपमा बर्खे धारहेको छ ।यस पटक समयममै ानी परेका कारण किसानहरु धान खेतिमा बृद्धि हुनेमा किसाहरु आशाबादी देखिएका छन् ।हालसम्म झापामा ४ प्रतिषत १५ प्रतिषत पाचथरमा १९ र तोजुङमा ५ प्रतिषत मोरङमा ३ प्रतिषत धान रोपाई भएको छ ।यसैगरि सुनसरीमा २ प्रतिषत मात्र धान रोपाई भएको छ ।त्यस्तै धकुटामा ५,तेह्थुममा २१ प्रतिषत,संखुवासभा ३ प्रतिषत,भोजपुरमा २० प्रतिषत धान रोपाई भएको छ ।
त्यस्तै उदयपुरमा ४ प्रतिषत,खोटाङमा ४ प्रतिषत,ओखलढुङगामा ६ प्रतिषत र सोलुखुम्बुमा २८ प्रतिषत रोपाई सम्पन्न भएको छ ।

ताजा समाचार