दमक सभागृह सञ्चालनमा आउने

Share

दमक, २८ जेठ
झापाको दमक ९ मा निर्माण गरिएको दमक सभा हल सञ्चालनमा आउने भएको छ । शहरी विकास मन्त्रालयले सभा हल सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गर्ने भएसँगै अब सञ्चालन हुने भएको हो । मन्त्रालयले आगामी आर्थिक वर्षमा सभा हलका लागि आवश्यक पर्ने सामाग्री निर्माणका लागि बजेट बिनियोजन गरेको छ ।
आगामी आर्थिक बर्षको बजेटमा शहरी विकास मन्त्रालयले दमक सभा हलको कुर्सि र साउण्ड सिस्टम बनाउनका लागि एक करोड रुपैयाँ बिनियोजन भएको छ । अन्य आवश्यकीय पूर्वाधार निर्माण भएपनि कुर्सी र साउण्ड सिस्टम नहुँदा सभागृह सञ्चालनमा आउन सकेको थिएन । दमक ९ का वडा अध्यक्ष कुवेर भट्टराईले मुलुककै सबै भन्दा बढी क्षमताको हल सञ्चालन भएसँगै पहिचान थपिने बताए । सभागृह निर्माण भएपनि सञ्चालनका लागि पूर्वाधार नबन्दा सञ्चालनको अन्यौल भने अब हटेको छ ।
यसै गरि दमक भ्यु टावरको सञ्चालनका लागि १५ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । त्यसले अब सञ्चालनका लागि व्यवस्थापकीय कार्य हुने छ ।

ताजा समाचार