विश्व वातावरण दिवस-दमक नगरले रतुवा तटबन्धनमा वृक्षरोपण गरि मनायो

Share

दमक ।

विश्व वातावरण दिवसको अवसर पारेर बुधबार दमकसहित देशैभरि विभिन्न कार्यक्रम गरि मनाईएको छ ।‘हाम्रो भूमि, हाम्रो भविष्य’ राष्ट्रिय नाराका साथ दमकसहित देशैभरि विविध कार्यक्रम गरि मनाईएको हो ।
यसैक्रममा दमक नगरपालिकाको आयोजनामा दमक -७ स्थित रतुवा खोलामा बनाइएको तटबन्धनमा वृक्षरोपण गरिएको छ । त्यहाँ आयोजित वृक्षारोपणमा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकसहित विभिन्न सामाजिक संघ संस्था, स्काउटरहरुको उल्लेखिय सहभागिता थियो । सो अवसरमा दमक नगरपालिका प्रमुख रामकुमार थापाले दमक नगरलाई हरित नगरको रुपमा बिकास गर्ने अभियानमा साथ दिन आम नगरबासीसँग अपिल गरे ।
नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइँले दमक नगरका खुल्ला ठाउँहरुमा वृक्षारोपण गर्न संघ संस्थाहरुले सञ्चालन गर्ने गरेका अभियानहरुमा स्थानीय सरकारको साथ रहने उल्लेख गरिन् ।
सो अवसरमा दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्की, दमक- ७ का वडाध्यक्ष भिम पौडेल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ लगायत नगरका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखिय सहभागिता थियो ।

ताजा समाचार