अरूण–३ जलविद्युत् आयोजनाको सुरूङमार्ग ब्रेक थ्रु

Share

झापा ।

संखुवासभामा निमार्णाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरूङ मार्गको “ब्रेक थ्रु” भएको छ । फ्याक्सिन्दा ड्यामसाइडदेखि दिदिङमा निर्माण हुने विद्युत् गृहसम्म पानी पु¥याउन ११ दशमलव ७८ किलोमिटर सुरुङ मार्ग निर्माण गरिएको हो । 

अरूण–३ जलविद्युत् परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले ऊर्जा क्षेत्रको प्रवद्र्धनका लागि सरकारले नयाँ आर्थिक वर्षको बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त व्यवस्था ल्याएको बताउनुभयो । 

त्यस्तै, बूढीगण्डकी, दूधकोशी र नलसिङगाड जलाशययुक्त जलविद्युत् आयोजना तथा नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजनाको निर्माण कार्य सुरू गर्ने तयारी भएको प्रधानमन्त्रीको भनाइ छ । अरुण तेस्रो आयोजना सन् २०२५ मार्चसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । हालसम्म निर्माणतर्फ ७५ प्रतिशत काम सकिएको छ भने प्रसारण लाइनतर्फ २० प्रतिशत मात्रै प्रगति भएको आयोजनाले जनाएको छ ।

ताजा समाचार