श्रमाधान रोजगार मेला आजदेखी,प्रधानमन्त्री प्रचण्डले उदघाटन गर्ने

Share


झापा ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा देशभर सुरु हुने ‘श्रमाधान रोजगार मेला आजदेखी शुरु हुदैछ ।आज मोरङको बिराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्यघाटन गरेर यसको शुरुवात गर्दै हुनुहुन्छ ।
मन्त्रालयका अनुसार मेला प्रत्येक प्रदेशमा दुईदुई दिनसम्म चल्ने छन् । मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबिचको साझेदारीलाई प्रवर्धन गरेर लैजाने रहेको जानकारी दिनुभयो । मेलालाई सिप तथा क्षमता विकासका सम्भावना र उपेयागका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रूपमा लिइएको उहाँको भनाइ छ ।
जेठ १७ गते कोशी प्रदेशबाट सुरू हुने यो मेला बागमती प्रदेशमा जेठ ३० गते समापन हुनेछ । कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते, मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बागमतीको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ ।

ताजा समाचार