विराटनगर ।
विराटनगर महानगरपालिका १९ का ३० वर्षीय राजु ऋषिदेवको करेन्ट लागेर मृत्यु भएको छ ।
आइतबार बेलुका ९ बजे आफ्नै घरमा बिजुलीको बल्ब लगाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि कोशी अस्पताल विराटनगर लागिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



