कोशीमा नयाँ सरकार गठनका लागि आव्हान

ताजा समाचार राजनीति

झापा ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले ०८१ बैशाख २८ गते अपरान्ह ५ बजे सम्ममा कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आव्हान गर्नुभएको छ ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आव्हान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन भएको केदार कार्की नेतृत्वको सरकारलाई दिएको र्समर्थन ५२ जना सांसदहरुले फिर्ता लिएको, प्रदेश सभाको बैठकले संकल्प प्रस्ताव पारित गरी ३० दिन भित्र विश्वासको मत लिन आग्रह गरेको र प्रदेश सभा सचिवालयले मुख्यमन्त्री केदार कार्कीले बैशाख २५ गते सम्म विश्वासको मत नलिएको आधारमा नयाँ सरकार गठनका लागि आव्हान गरिएको जनाइएको छ ।

बुधवार नै विपक्षी दलहरु नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि आव्हान गर्न माग गर्दै प्रदेश प्रमुख खापुङलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझेपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधान र कानुन अनुसार आवश्यक कार्य गर्ने बताउनु भयो ।

कोशी प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर र्राईले भने नयाँ सरकार गठनको आव्हान गरिए अदालत जाने बताउनु भएको छ ।

नयाँ सरकार गठनका लागि आव्हानसँगै बिहिवार नै नयाँ सरकारका लागि दाबी पेश गर्ने र प्रदेश सांसदहरुको उपस्थिति गराईने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *