गौरादहका तीनवटा सहकारीमा चोरी

Share

झापा — गौरादह ५ मा रहेका तीन वटा सहकारी संस्थामा एकैरात चोरी भएको छ ।
गएराति स्कुलचौन बजारमा रहेको जनहित सहकारी, महारानी झोडा बचत तथा ऋण सहकारीको चप्रामारी सेवाकेन्द्र तथा चप्रामारीकै साना किसान सहकारी संस्थाको कार्यालय तोडफोड गरि नगद चोरी भएको प्रहरीले जनाएको छ । स्कुलचौनको जनहित सहकारीबाट ५ लाख ७ हजार ६२० , चप्रामारीको महारानीझोडा सेवाकेन्द्रबाट ८२ हजार ९१ र साना किसानबाट ५४ हजार ४१५ रुपैयाँ चोरी भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ

जनहित सहकारी स्कुलचौनको मध्यबजारभित्रै पर्छ । मुख्य ढोकाको चेनगेटमा हालिएको एउटा ताला नजिकै रहेको फोहोरको डस्टविनमा भेटिएको छ भने माथिल्लो तलाको ताला पनि तोडिएको अवस्थामा भेटिएको छ । सेफ फुटाइएको भने कागजपत्रहरु यत्रतत्र छरिएको देखिन्छ । महारानीझोडाको सेवाकेन्द्रमा कार्यालयभित्र सीसी क्यामेरा छ । क्यामेरालाई अर्कोपट्टि फर्काएर चोरी गरेको हुनसक्ने आशंका गरिएको छ ।

ताजा समाचार