झापामा हात्तीको आक्रमणबाट तीन दिनमा २ जनाको मृत्यु,यस वर्ष ७ जनाले ज्यान गुमाए

ताजा समाचार हाम्रो झापा

झापा — तीन दिन नबित्दै झापामा जंगली हात्तीको आक्रमणबाट थप एकजनाको मृत्यु भएको छ

बुधवार जंगली हात्तीले शिवसताक्षी ११ का भेट्वाल दम्पत्तीलाई आक्रमण गर्दा श्रीमती ६० वर्षीया पवित्रा भेट्वालको मृत्यु भएको थियो भने श्रीमान् ६२ वर्षीय दिलिप भेट्वाल गंभीर घाइते भएका थिए ।त्यसको तीन दिन नबित्दै गएराति हात्तीले आक्रमण गर्दा कमल गाउँपालिका ५ बाह्रकोठेमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५८ वर्षीया खड्गमाया लिम्बू रहेकी छन् ।

छिमेकी पवित्रा बेघाको त्रिपालको छाना, टाटीको बेरा भएको भुइँतले झुप्रो घरमा सुतिरहेको अवस्थामा राति ११।५० बजेको समयमा एक्कासी जंगली हात्ती आई घर भत्काउदै गर्दा निस्केर भाग्ने क्रममा खड्गमायालाई हात्तीले आक्रमण गरेको थियो । घरदेखि अन्दाजी ३० मिटर पश्चिमदक्षिण दिशातर्फ हात्तीले भेटी खड्गमायालाई सुँडले घिसारी दाहिने खुट्टाको घुँडादेखि मुनि चुट्टाई क्षतविक्षत पारी घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त हात्ती गाउँदेखि पश्चिमतर्फ गएको र घटनास्थल सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

योसंगै यस वर्ष हात्तीको आक्रमणबाट झापामा ७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ७जना घाइते भएको डिभिजन वन कार्यालयकी सूचना अधिकारी अन्जना पुरीले जानकारी दिएकी छन् ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *