झापा-नेकपा एमाले झापाको बिहीवारदेखि सुरु ११ औं जिल्ला अधिवेनको दोस्रो दिन तीन वटा प्रतिवेदनहरु पारित गरिएका छन् । शुक्रवार विहानदेखि सुरु भएको बन्दसत्रमा दिनभर राजनीति प्रतिवेदन, सांगठानिक प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो ।पार्टीका कार्यवाहक अध्यक्ष प्रेम गिरीले राजनीति प्रतिवेदन, सचिव शिव ढुङ्गेलले सांगठानिक प्रतिवेदन र कार्यलय सचिव छविलाल विश्वकर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथि समूहगत छलफल भएको अध्यक्ष मण्डलका अध्यक्ष विशाल भट्टराईले जानकारी दिए । उनका अनुसार समूहगत छलफलबाट आएका राम्रा सूझावहरुलाई समेत समेट्ने गरी प्रतिवेदनहरु पारित गरिएको छ ।
बन्दसत्रको पहिलो दिन प्रतिनिधिहरुले झापाको इतिहास र विकासमा एमालेको दृष्टिकोण बारे व्यापक चर्चा गरेका छन् ।चैत १५ गते एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनमा बन्दसत्रले निर्वाचन कार्यविधि समेत पारित गरेको भट्टराईले जानकारी दिए । उनका अनुसार निर्वाचन कार्यक्रम संशोधनको सूचना प्रकाशित गरेर शनिवार विहानबाट प्रक्रिया अघि बढ्ने छ ।निर्वाचन कार्यक्रम अनुसार शनिवार विहान ९ देखि १० बजेसम्म उम्मेद्वारको दरखास्त फाराम वितरण, साढे १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता, ४ बजे उम्मेद्वारको प्रारम्भिक सूची प्रकाशन, ५ बजेसम्म विरोधमा उजुरी दिन पाइने, ६ बजे उम्मेद्वारको पुनः सूची प्रकाशन, बेलुका साढे ८ बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिन पाउने र बेलुकी ९ बजे उम्मेद्वारको फाइनल सूची प्रकाशित गरिने उनले जानकारी दिए ।
आइतवार विहान ७ देखि दिउँसो २ बजेसम्म मतदान गर्ने कार्यक्रम तय भएको र मतदान सकिए लगत्तै मतगणना सुरु हुनेछ । मतदानस्थल अग्रसेन भवनमै रहने र मतगणना भने जिल्ला पार्टी कार्यालयमा हुने बताइएको छ ।यता, अध्यक्षका उम्मेदवार शिव ढुङ्गेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सहमति भएको भन्दै विभिन्न मिडियाले भ्रमपूर्ण खवर प्रकाशन गरेका छन् । त्यस्तो कुनै सहमति भएको छैन । उक्त सूचनाहरु सत्य नभएको ढुङगेलले स्पष्ट पारेका छन् ।जिल्ला अध्यक्षमा कार्यवाहक अध्यक्ष प्रेम गिरी र सचिव ढुङगेल आकांक्षी रहेका छन् ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



