झापा— नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । चैत १५ र १६ गते बिर्तामोडमा हुन गइरहेको जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रचार प्रसार उपसमितिका संयोजक असारु राजवंशीले जानकारी दिए ।
प्रचार उपसमितिका संयोजक राजवंशीका अनुसार बिर्तामोडस्थित अग्रसेन भवनमा जिल्ला अधिवेशन हुनेछ । जिल्ला अधिवेशनको उद्घाटन एमालेका केन्द्रीय अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने राजवंशीले जानकारी दिए ।
एमाले झापाको अध्यक्षमा प्रेम गिरी र शिव ढुङगेल आकांक्षी रहेका छन्। यस्तै उपाध्यक्षमा बद्री भट्टराई, लक्ष्मण पाठक, सचिवमा असारु राजवंशी, टिकाराम मंग्राती, बोधप्रसाद घिमिरे, उपसचिवमा छविलाल विश्वकर्मा, छविलाल चुडाल, पवित्रा पाठक, लिला दाहालको चर्चा छ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



