कनकाईका किसानले १ करोड रुपैयाँभन्दा धेरैकाे विषादीरहित तरकारी उत्पादन गरे

ताजा समाचार समाज हाम्रो झापा

झापा — कनकाई नगरपालिकाका किसानले झण्डै एक करोड ५० लाख रुपैयाँ बराबरको विषादीरहित तरकारी उत्पादन गरेका छन् । नगरपालिकाले विषादीरहित तरकारी उत्पादनका लागि सहयोग गर्न थालेपछि किसानले तरकारी उत्पादन गरेका कनकाई नगरपालिकाका कृषि शाखा प्रमुख यदुकुमार उप्रेतीले जानकारी दिनुभयो ।

विषादी प्रयोग नगरी पनि राम्रो उत्पादन हुन्छ भन्ने विश्वास किसानमा बढेको प्रमुख उप्रेतीले बताउनुभयो । व्यापारीहरूले विषादी प्रयोग नगरिएका तरकारी खोजी–खोजी किन्ने भएकोले बिक्री गर्न पनि सजिलो भएको उहाँले बताउनुभयो ।

नगरपालिकामा सात वटा कृषि समूहले २१ बिघामा तरकारी खेती गरिरहेका छन् भने चार वटा कृषि समूह गठनको तयारी भइरहेको छ । नगरपालिकाले नमुना खेतीका लागि आवश्यक बिउ, मल, प्राविधिक सहयोग गरिरहेको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *