त्यसो त गायक Sabin Rai & The Pharaoh लाई नचिन्ने को नै छ र। Sabin Rai & The Pharaoh को कन्सर्ट सिडनीमा गत मार्चको ११ र १२ तारीख मा भएको थियो जहाँ गीत संगीतलाई मन पराउने दर्शक श्रोताको उल्लेखनीय उपस्थिति थियो। एक हिसाबले भनौं, Sabin Rai & The Pharaoh को कन्सर्ट सुपर हिट नै भयो। दर्शक श्रोताको भरपुर माया पाएको उक्त कन्सर्ट सोल्ड आउट नै भएको थियो।
अब भने Sabin Rai & The Pharaoh को जलवा अस्ट्रेलियाको राजधानी क्यानबेरामा छाउने भएको छ । यही मार्च २८ तारीख बिहिबार बेलुका ६ बजे देखि उक्त कन्सर्ट क्यानबेराको Fiction Club मा हुने भएको हो। कन्सर्ट लाई संयुक्त रूपमा TRN events र Success Visa & Education service ले क्यानबेरामा ल्याउदैछ। अहिले सम्म टिकेट रिलिज भएको करिब २ हप्ता को अवधिमा First Edition टिकेट सोल्ड आउट भएको र Second edition रिलिज गरिएको आयोजक TRN events का CEO/Founder प्रदिप पाठक बताउनु हुन्छ।
गायक सबिन राईका दर्जन भन्दा बढी गीतहरू लोकप्रिय रहेका छन्। नयाँ तथा पुराना सबै पुस्ताले मन पराउने सबिन राईका तिमीनै हौ, कोमल, तिम्रो त्यो नयनमा, मलाइ अङ्गाली देउ, संझनाहरूलाई, संझन्छु, समर्पण र धन्यवाद लगायत दर्जन भन्दा बढी गित लोकप्रिय रहेका छन् । त्यसै त राईको स्वरको जादूले दर्शक तान्ने भइल्यो त्यसमा Fire element थप्ने छ The Pharaoh ब्यान्डले।
क्यानबेरा कन्सर्ट पनि छिट्टै सोल्ड आउट हुने भएकाले सबै गीत संगीत प्रेमी क्यानबेरा मा रहनु हुने सम्पूर्णलाई चाडो भन्दा चाडो टिकट काट्न आयोजकले अनुरोध पनि गरेको छ।
क्यानबेरा का दर्शक श्रोताहरूले कतिको कन्सर्ट लाई मन पराउने छन् त्यो त आउने दिनहरू मा थाहा भइहाल्ने नै छ तर पनि आफ्नो देश भन्दा बाहिर नेपाली गीत संगीत लाई दर्शकले यति धेरै माया र प्रेम दिनुले पक्कै पनि नेपाली गीत संगीत क्षेत्रको लागि सकारात्मक संकेत भने देखिएको छ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



