डढेलोले खोटाङको बतासेमा १ घर, १ मतान र २ गोठ जल्यो, वस्ती अझै जोखिममा

ताजा समाचार समाज स्थानिय

झापा-डढेलोले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ बतासेको खिसाखामा १ घर, १ मतान र २ गोठ जलेको छ ।

स्थानीय ठूलोभीर बाह्रबिसे सामुदायीक वनमा लागेको डढेलोले बुधबार जीवन राईको घर , जीत बहादुर राईको एउटा मतान र गोठ तथा तारा कुमार राईको मतान जलेको हो ।

आगलागीमा परि जीत बहादुर राईको ५ वटा खसी, १ गाई र बाछा, ३ तोला सुन ५ तोला चादी २ लाख नगद १ एक थाँक्रो मकै लत्ताकपडा साथै छोरा सुबास राईको डकुमेन्टहरु ,तारा कुमार राई २ वटा खसी , जीवन राईको २ वटा खसी पाठापाठी लगायत जलेर नष्ट भएको स्थानीय देवीका राईले बताए । अरू कति केके क्षति भयो अन्य विवरण आउन बाँकी छ। उक्त डढेलोले बतासेको खिसाखा र ढाँडेलाई चारैतिरबाट घेरेको छ ।ढाँडेमा डढेलोको जोखिम टर्दै गए पनि खिसाखा क्षेत्रमा जोखिम कायम रहेको पनि राईले बताएका छन् । नेपाल प्रहरी, गाउँ प्रहरी र स्थानीयले डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् । वरिपरी चारैतिर फैलिएको जंगलमा डढेलो लागेका कारण वस्ती जोखिममा परेको छ । उक्त डढेलो कस्ले लगाएको हो भन्ने विषयमा पत्ता अनुसन्धान भइरहेको भण्डारे प्रहरी चौकीले जनाएको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *