झापा-झापाको मेचीनगर-१५ ज्यामिरगढी भगवती लेमिनेट्स प्लाइउड कारखानामा आगलागी भएको छ । उद्योगमा बिहान पाँच बजेदेखि सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।
आगलागी नियन्त्रणमा झापा जिल्लाभरका दर्जनभन्दा बढी दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका डेढ सयभन्दा बढी सुरक्षाकर्मीका साथै स्थानीय समेतको प्रयत्नमा आगो निभाउने प्रयास भइरहेको छ । तर आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।अहिले भित्री भागमा आगो बलिरहेको छ । सुरक्षाकर्मीहरू दमकलको सहायताले आगो निभाउन प्रयासरत छन् ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



