झापा— क्यानडा ११ र नेपाल ‘ए’ बीचको दोस्रो एकदिवसीय खेलमा नेपालले २ विकेटको रोमाञ्चक जित हासिल गरेको छ
क्यानडाले दिएको २ सय ४१ रनको लक्ष्य नेपालले ५ बल बाँकी हुँदा ८ विकेट गुमाएर पूरा गरेको हो। यो जितसँगै नेपाल ‘ए’ले क्यानडा ११ विरुद्धको तीन खेलको श्रृंखला १–१ को बराबरीमा ल्याएको छ।
नेपाल ‘ए’ का लागि सन्दीप जोराले ६६ रन बनाउँदा बसिर अहमेदले ५२ रनको नटआउट इनिङ खेले। त्यस्तै, रसिद खानले ४७ रन बनाएका थिए। क्यानडाका लागि साहिद अह्मदजाइ, अमर खालिद र निखिल दतले समान २–२ विकेट लिए।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ४९।५ ओभरमा अलआउट हुँदै २ सय ४० रन बनाएको थियो।
क्यानडालाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्याउन श्रेयस मोभाले उत्कृष्ट ब्याटिङ गरे। उनले ८२ बलमा ६८ रन बनाए।
त्यस्तै, नवनित दलिवालले ४६ रन बनाउँदा आरोन जोनसनले ३६ रन बनाए। नेपालका लागि साहव आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २–२ विकेट लिए। यसअघि भएको पहिलो खेलमा क्यानडा–११ ले नेपाललाई ४ विकेटले पराजित गरेको थियो।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



