गौरादह १ को अर्धवार्षिक समिक्षा सम्पन्न (प्रतिवेदन सहित)

ताजा समाचार प्रदेश समाज स्थानिय हाम्रो झापा

झापा —गौरादह नगरपालिका वडा नं १ ले चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षा गरेको छ । यस वर्षका ४३ वटा वटा योजना मध्ये अहिले सम्म १२ वटा योजना सम्पन्न भइसकेको जनाइएको छ ।
वडा अध्यक्ष नगेन्द्र भण्डारीले २१ वटा योजना अहिले सञ्चालन भइरहेको बताएका छन् । यस्तै १० वटा योजना भने सम्झौता हुन बाकी रहेको उनले जनकारी दिए ।
उनका अनुसार नगरको गौरवका रहेको गौरादह पोखरीमा प्रदेश सरकारको तर्फबाट ४ करोड रुपैयाँ बिनियोजन भएको र यसै वर्ष सो काम सञ्चालन हुने छ । पोखरीको डिपीआर अनुसार नै काम अघि बढ्ने उनले उल्लेख गरे ।
बिभिन्न टोल विकास संस्थाका पदाधिकारी तथा नगर भित्रका संघ संस्थाका प्रतिनिधि सहभागी समिक्षमा उनले यसै वर्ष भित्र वडामा ६ किलोमिटर सडक कालोपत्रे हुने बताए । यस्तै भण्डारीले कृषि उत्पादन बढाउदै कृषि लागत न्युनिकरण कार्यलाई प्राथमिकतामा राखेर स्थानीय सरकारले काम गरेको जानकारी गराएका थिए। वडाध्यक्ष भण्डारीले वडा कार्यलयबाट नागरिकलाई दिइने सेवा अन्तर्गत दैनिकी प्रशासनिक काम प्रमाणित र सिफारिस, व्यावसाय दर्ता र नविकरण, व्याक्तिगत घटना दर्ता, मेलमिलाप समितिको प्रगति विवरण, सामाजिक सुरक्षा भत्ता बितरण सम्बन्धि सेवाग्राहीले पाएको सेवाका बारेमा जानकारी गराएका थिए।
गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले गौरादहको मुख्य प्रवेशद्वारका रुपमा रहेको एक नम्बर वडाले सबैको विश्वास जितेर काम अघि बढाएको बताए । विकास निर्माणका योजनाहरु वडा अध्यक्ष भण्डारीको सक्रियतामा अघि बढेको भन्दै प्रशंसा गरेका थिए । यस्तै उपप्रमुख जलवर्षा राजबंशीले योजनाहरुको प्राथमिकिरण र पहिचान गरि नागरिकको सुझाव अनुसारका कार्य गर्दै अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरिन् ।

प्रगति विवरण तथा समिक्षा गोष्ठीमा वडा बासिले जिज्ञासा राखेका थिए। वडा सदस्य अन्जु निरौलाले स्वागत मन्तब्य राखेको कार्यक्रममा वडा सदस्य केशर बहादुर खवासले कार्यक्रम संचालन गरेका थिए

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *