राष्ट्रपति पौडेल कांग्रेसको प्रतिनिधि बनेको ओलीको आरोप

राजनीति

झापा /प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको कडा आलोचना गरेका छन्।

शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले संसद्का महासचिव नियुक्ति अड्काएको भन्दै राष्ट्रपति पौडेलप्रति आक्रोश पोखेका हुन्। यस क्रममा उनले राष्ट्रपति पौडेल सबैको साझा नभएर कांग्रेसको प्रतिनिधि बनेको आरोप पनि लगाए।

सभामुख र राष्ट्रिय सभा अध्यक्षले संयुक्त रूपमा गर्नुभएको सिफारिसलाई किन रोकेको’, उनले भने, ‘राष्ट्रपति कांग्रेस भइदिनुभएन, उहाँ कांग्रेस भइरहनुभएको छ, उहाँ कांग्रेसको भइसक्नुभयो। तपाईं कांग्रेसको प्रतिनिधि हैन, आफ्नो थान्कामा बस्नूस्। आफूले पाएको अधिकार प्रयोग गर्नूस्, तपाईं गठबन्धनको प्रतिनिधि हैन।’

उनले राष्ट्रपति पौडेलप्रति कडा शब्द प्रयोग गर्दै अघि भने, ‘हामीले राजालाई त संवैधानिक अधिकारभन्दा माथि जान नपाउने बनाएका थियौँ। त्यो दायरा नाघ्न खोज्दा उहाँ त रहनुभएन। आज संविधाननलाई सबैले मान्नपर्छ। राष्ट्रपति डामेको साँढे हुन सक्दैन। बहुमतको दम्भ छ उहाँसँग। पदको गरिमाको सचेतता छैन।’

संसद्का तत्कालीन महासचिव डा। भरतराज गौतमले मंसिर २५ गते राजीनामा दिएपछि मंसिर २७ गतेदेखि पद्मप्रसाद पाण्डे कार्यवाहक महासचिव छन्।

मंसिर २५ मै उनलाई महासचिवमा नियुक्तिका लागि सिफारिस गरिए पनि राष्ट्रपति पौडेलले त्यसलाई अड्काएर राखेका छन्। महासचिव पाण्डेको नियुक्तिबारे संसद् र राष्ट्रपतिबीच द्वन्द्वको अवस्था देखिएको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *