काँकरभिट्टा—लौकही चार लेनको सडक विस्तार :रुख कटान कार्य शुरु

झापा—झापाको काँकडभिट्टादेखि लौकहीसम्मको सडक विस्तार अन्तर्गत सडक क्षेत्रमा पर्ने रुख कटान कार्य शुरु भएको छ । एसियाली विकास बैंक(एडिबी) र एसियाली इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईईबी) को कुल ४६ अर्ब रुपैयाँ लागतमा पूर्व-पश्चिम राजमार्ग विस्तार गर्ने योजनाअनुसार दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्ने काम अन्तर्गत रुख कटान कार्य शुरु भएको हो । झापाका प्रमुख जिल्ला […]

Continue Reading

बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक प्यानलका न्यौपाने विजयी

झापा- बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने विजयी भएका छन् । मतगणनाको अन्तिम मतपरिणाम अनुसार न्यौपानेले २२२५ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका प्रतिष्पर्धी स्वतन्त्र व्यावसायिक प्यानलका अर्जुनकुमार मैनालीले १५२० मत पाएका छन् । जुन ७०५ मतको अन्तर हो । बहुमतसहित लोकतान्त्रिक प्यानल विजयी भएको हो भने केही […]

Continue Reading

झापामा फागुन १७ देखि चैत ४ गतेसम्म दादुरा रुबेलाको खोप लगाइने

झापा —देशब्यापी अभियान अन्तर्गत झापामा फागुन १७ देखि चैत ४ गतेसम्म दादुरा रुबेला विरुद्धकोे खोप लगाइने भएको छ । दादुरा रुबेला खोप अभियान सम्बन्धी सञ्चारकर्मीहरुसँग अभूमूखिकरण गोष्ठी आयोजना गर्दै स्वास्थ्य कार्यालय झापाले फागुन १७ देखि खोप अभियान सञ्चालन गर्ने बताएको हो । कार्यालयले बिर्तामोड–२ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा मंगलबार झापाका सञ्चारकमीसँग दादुरा रुबेला खोप अभियान […]

Continue Reading

शिवसताक्षीमा विपन्नलाई रोजगारी दिइने, सूचिकरण शुरू

झापा- शिवसताक्षी नगरपालिकाले बेरोजगार व्यक्ति तथा विपन्न परिवारका सदस्यहरुलाई रोजगारका लागि सूचिकरणको काम सुरु गरेको छ । नगरपालिकाले आ.व. २०८१-०८२ मा नगरक्षेत्र भित्र हुने भौतिक निर्माण तथा मर्मत कार्यमा स्थानीयलाई नै प्राथमिकता दिदै सूचिकरणको काम सुरु गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । शिवसताक्षी नगरपालिका रोजगार शाखाले नगरका ११ वटै वडाका बेरोजगार व्यक्ति र विपन्न परिवारका […]

Continue Reading

पर्यटकको पर्खाइमा तमोर नदी क्षेत्र

झापा- धनकुटाको बिच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ । जिल्लाका चार स्थानीय तहको सिमाना भएर बगेको तमोर नदी क्षेत्रमा रहेको अक्कर भिर र लोभलाग्दा फाँट यहाँका अर्को आकर्षण हो । तर पर्याप्त पर्यटनको सम्भावना बोकेको नदी क्षेत्रलाई बेलाबखत […]

Continue Reading

दूध आयातमा लगाइएको प्रतिबन्धको डेरी सङ्घद्वारा स्वागत

झापा —कोशी प्रदेशको डेरी उद्योग सङ्घले नेपाल सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ । सङ्घमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्पन्न बैठकले हालै दुग्धजन्य पदार्थको आयातमा सरकारले लगाएको प्रतिबन्धले स्वदेशी डेरी उद्योगलाई राहत पुग्ने ठहर गरेको हो । ‘सङ्घले सात बुँदे निर्णय गरेको छ’, सङ्घका संयोजक रामचन्द्र उप्रेतीले भने, […]

Continue Reading

आजदेखि २४ जिल्लामा दादुरा–रुबेला खोप अभियान

झापा — दादुरा–रुबेला खोप अभियान आजदेखि सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देखि चैत्र ७ गतेसम्म सो खोप अभियान सञ्चालन गरेको हो राष्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला खोप अभियान २०८०–२०८१ कार्यक्रम सञ्चालन निर्देशिका अनुसार विगत एक वर्षमा दादुरा रोगको महामारी भएको स्थान र दादुरा रोगका बिरामीको उमेरलाई विश्लेषण गरेर यस अभियानमा दादुरा–रुबेला खोप […]

Continue Reading

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान,मोरङमा करिव ३ लाख बालबालिकालाई खोप लगाइँदै

झापा — सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत मोरङमा करिब ३ लाख बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय मोरङले अभियान अन्तर्गत २ लाख ८१ हजार बालबालिकाहरूलाई खोप लगाउने लक्ष्य लिइएको छ । १५ दिने […]

Continue Reading

बाहुनडाँगीबाट मुख्यमन्त्री केदार कार्कीको हात्तीमैत्री पदयात्रा शुरु

झापा —कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुनडाँगीस्थित प्रसादगौडाबाट हात्ती प्रभावित क्षेत्रमा पदयात्रा शुरु गर्नु भएको छ । जीव, जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने नारासाथ नेपाल भारत सीमाको मेची खोला किनारस्थीत प्रसादगौंडाबाट बुधबार पदयात्रा शुरु भएको हो । हात्तीको परम्परागत जैविक मार्गको पुनःस्थापना तथा बासस्थानको संरक्षण एवम् मानव–हात्ती द्वन्द न्यूनीकरण गर्दै संरक्षणमा सहअस्तित्व र […]

Continue Reading

शरीरमा आगो लगाएकी बुद्धशान्तिकी रम्तेलको उपचारको क्रममा मृत्यु

झापा-पाँच दिनअघि आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्महत्याको प्रयास गरेकी झापाको बुद्धशान्ति–२ गोपालडाँडा घलेगाउँकी माया रम्तेलको मृत्यु भएको छ ।२८ वर्षीय रम्तेलको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।रम्तेलले घरायसी समस्याका कारण छोरी ५ वर्षीय वर्षा विकलाई आफ्नै शरीरमा सलले बाँधेर आगो लगाएकी थिइन् ।रम्तेलले शरीरमा आगो […]

Continue Reading