देउवा र थापाको अडानले आज पनि टुंगो लागेन इलाम २ को कांग्रेस उम्मेदवार

झापा-नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच मत बाझिएपछि पार्टीबाट  इलाम क्षेत्र २ को उम्मेदवार बन्ने व्यक्तिको नाम आज (बुधबार) पनि टुंगो लाग्न सकेन । संसदीय बोर्ड बैठकमा सभापति देउवाले डम्बरबहादुर खड्काको र महामन्त्री थापाले भेषराज आचार्यको नाम प्रस्ताव गरेपछि बैठक अनिर्णीत भएको हो । बैठकका देउवा र थापा आफ्नो प्रस्तावमा टसमस नभएपछि […]

Continue Reading

एमालेलाई इलाम दिएर बझाङ लिँदै माओवादी

झापा-इलाम क्षेत्र नं २ मा आसन्न उपनिर्वाचनमा माओवादी केन्द्रले उम्मेदवारी नदिने भएको छ । सत्ताधारी दल माओवादी केन्द्र र नेकपा एमालेले सहमती गरेर इलाममा उम्मेदवारी नदिने भएको हो । इलामबाट उम्मेदवारको रुपमा सिफारिस भएका माओवादीका केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमणले इलाम नेकपा एमालेलाई छाडेर बझाङको प्रदेशसभा माओवादीले पाउने भएको जनाए । यसअघि माओवादी केन्द्र इलामले […]

Continue Reading

कांग्रेस पदाधिकारीको बैठक बस्दै, गुटगत स्वार्थका कारण उम्मेदवार टुङ्ग्याउन सकस

झापा-उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारको टुङ्गो लगाउन नेपाली कांग्रेस पदाधिकारीको बैठक बस्दै छ । बैठक पार्टी सभापति शेर बहादुर देउवाको निजी निवास बुढानिकलण्ठमा बस्न लागेको हो ।नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीका उम्मेदवारको टुङ्गो लगाउन दुई बजेबाट बैठक बस्न लागेको स्पेस समाचारलाई जानकारी दिए । उनले भने,’आज पार्टीका उम्मेदवारको टुङ्गो लगाउनका लागि पार्टी […]

Continue Reading

स्वर्णिम वाग्लेको आरोप-संसदमा गृहमन्त्रीलाई बोल्न नदिएर कांग्रेसले असंसदीय काम गर्यो

झापा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्ले संसदमा सहकारीको महाकाव्य लेख्ने प्रयत्न गरिएको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद वाग्ले गृहमन्त्रीलाई संसदमा बोल्न नदिएर असंसदीय काम गरिएको आरोप लगाएका छन् । उनले संसदमा बोल्न नदिएर कस्तो संसदीय अभ्यास गर्न खोजेको हो भन्दै प्रश्न गरेका छ । संसदमा यो हदसम्मको असहिष्णुताले प्रश्न […]

Continue Reading

निर्वाचन आयोगले तोक्यो इलाम-२ मा मुख्य निर्वाचन अधिकृत

झापा-निर्वाचन आयोगले इलाम-२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ । जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मंगलबार मुख्य निर्वाचन अधिकृत तोकिएको निर्वाचन आयोगले जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भने यही चैत २२ मा इलाम सदरमुकाममा स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय […]

Continue Reading

एमाले झापाको नेतृत्व सर्वसम्मत हुदै, सचिवका दुबै उम्मेद्वारले लिए उम्मेद्वारी फिर्ता

झापा-नेकपा एमाले झापाको नेतृत्व सर्वसम्मत रुपमा चयन हुने भएको छ । ५ दिनदेखि जारी अधिवेशनले सहमतिका साथ नेतृत्व चयन गर्ने भएको हो ।अध्यक्ष, उपाध्यक्ष र उपसचिवमा सर्वसम्मत रुपमा नेतृत्व चयन भइसकेको एमाले झापामा सचिव पदमा भने दुई जनाको उम्मेद्वारी परेको थियो । गौरादहका तुलसी कार्की र दमकका बोधप्रसाद घिमिरेको उम्मेद्वारीलाई निस्क्रिय बनाउने सहमति पछी दुबै […]

Continue Reading

कांग्रेसलाई उम्मेदवार चयनमा सकस, आजको बैठक पनि निश्कर्षविहीन

झापा-नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि निश्कर्षविहीन बनेको छ । आसन्न उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्डमा बसेको पदाधिकारी बैठक निश्कर्षविहीन बनेको हो । कांग्रेसलाई उपनिर्वाचको उम्मेदवार टुंङ्ग्याउन सकस भएको छ । आजको बैठकमा छलफ भएको र कुनै निर्णयमा पुग्न नसकिएको पार्टी प्रवक्ता रामशरण महतले बताए । ‘भोलि फेरि बसेर निर्णय गर्ने […]

Continue Reading

एमाले झापाको अधिवेशन :सबै पदमा सर्वसम्मत गर्ने प्रयास जारी

झापा— नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनले सबै पदहरुमा सर्वसम्मत गर्ने तयारीका साथ नेताहरु कसरतमा लागेका छन् । पदाधिकारीमा पनि अध्यक्ष, उपाध्यक्ष र उपसचिवमा सर्वसम्मत भएपछि अन्य पदहरुमा पनि सर्वसम्मतका लागि नेताहरु जुटेका छन् ।निर्वाचन कार्यतालिका अनुसार आज निर्वाचन हुने मिति तय भएको थियो । तर, मुख्य पदहरुमा सर्वसम्मत भएपछि अन्य पदहरुमा पनि सर्वसम्मत […]

Continue Reading

एमाले झापाको अध्यक्षमा गिरी र उपाध्यक्षमा ढुंंगेल सर्वसम्मत

झापा-नेकपा एमाले झापाको अध्यक्षमा प्रेमबहादुर गिरी सर्वसम्मत चयन भएका छन्। उपाध्यक्ष पदमा शिव ढुंंगेल सर्वसम्मत भए।  शनिबार भएको उम्मेदवारी दर्तामा अध्यक्ष र उपाध्यक्ष पदमा दुई जनाको मात्रै उम्मेदवारी परेको थियो। अध्यक्षमा गिरी र उपाध्यक्षमा ढुंगेलको मात्र उम्मेदवारी परेपछि दुई पदमा सर्वसम्मत भएको हो। चैत १५ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनमा शुक्रवारबाट बन्दसत्र सुरु भएको हो […]

Continue Reading

एमाले झापाको ११ औ अधिबेशन : जारी बन्दसत्रमा तीन वटा प्रतिवेदन पारित,शनिवारबाट निर्वाचनको कार्यक्रम सुरु हुने

झापा-नेकपा एमाले झापाको बिहीवारदेखि सुरु ११ औं जिल्ला अधिवेनको दोस्रो दिन तीन वटा प्रतिवेदनहरु पारित गरिएका छन् । शुक्रवार विहानदेखि सुरु भएको बन्दसत्रमा दिनभर राजनीति प्रतिवेदन, सांगठानिक प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो ।पार्टीका कार्यवाहक अध्यक्ष प्रेम गिरीले राजनीति प्रतिवेदन, सचिव शिव ढुङ्गेलले सांगठानिक प्रतिवेदन र कार्यलय सचिव छविलाल विश्वकर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका […]

Continue Reading