कलेजोको सफल प्रत्यारोपण गर्ने नेपाली चिकित्सकलाई एमाले अध्यक्ष ओलीद्वारा बधाई 

अन्य ताजा समाचार समाज

झापा/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कलेजोको सफल प्रत्यारोपण गर्ने नेपाली चिकित्सक टिमलाई बधाई दिनुभएको छ । 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा नेपाली चिकित्सकको टोलीले पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने सफलता पाएको छ ।  ‘ आठ वर्ष अगाडि नेपालमै कलेजो प्रत्यारोपण सुरु भए पनि प्रत्यारोपणको लागि विदेशी डाक्टर आउनु पर्ने बाध्यता थियो, कलेजो प्रत्यारोपणको नेतृत्व गर्नुहुने प्राध्यापक डा.रमेशसिंह भण्डारीलाई आज बिहान फोन गरेर बधाई दिएँ’, सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेख्नु भएको छ । 

प्राध्यापक डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले एक पुरुषमा कलेजोको सफल प्रत्यारोपण गरेको हो । नुवाकोटका ४१ वर्षीय बिरामीलाई ४० वर्षीय बिरामीकी श्रीमतीले दिनुभएको कलेजो प्रत्यारोपण गरिएको हो । कलेजो प्रत्यारोपित बिरामीको श्रीमान् श्रीमती दुवै आज डिस्चार्ज हुनुभएको छ । 

ती पुरुषमा गत पुस २७ गते कलेजो प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण सफल भएर बिरामी डिस्चार्ज भएपछि अस्पतालले सो कुरा सार्वजनिक गरेको हो । ‘डा. भण्डारी र उहाँको टिमलाई यस सफलताको लागि बधाई’, ओलीले लेख्न भएको छ । 

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *