पुर्व विधार्थी मञ्च, झापा द्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

राजनीति हाम्रो झापा

झापा/अनेरास्ववियु झापाको बलिदानीपुर्ण इतिहासलाई दस्तावेजका रुपमा उभ्याउन,सम्बन्धलाई पुनर्ताजगी गर्न अनेरास्ववियु झापाको प्रगतिशील विधार्थी आन्दोलनको शुरुवात,यसैको जगमा अनेरास्ववियुको स्थापना देखि हाल निवर्तमान हुनुभएका अनेरास्ववियुको संगठनमा विभिन्न समयमा कमिटीमा रहेर अनेरास्ववियुलाई आजको अवस्थामा ल्याइपुर्याउन सहयोग एवं योगदान गर्नुहुने अग्रज पुर्व नेता तथा कार्यकर्ताहरुको फोरम पुर्व विधार्थी मंच, झापाले झापाको रामचौक स्थित सामुदायिक वनको खुल्ला चौरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतिनिधि सभा सदस्य तथा अनेरास्ववियुकी पुर्व अध्यक्ष सुनिता बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका पुर्व माननीय तथा मन्त्री हिरा थापा,वर्तमान माननीय राधाकृष्ण खनाल,पुर्व माननीय वसन्त बानिया,पुर्व शिवसताक्षी न.पा. मेयर तथा अनेरास्ववियु झापाका पुर्व नेता चन्द्र कुमार शेर्मा,अनेरास्ववियु झापाका अग्रज नेताहरु मुकुन्द रेग्मी, अखिल कोइराला,ललित लिम्बू ,काजी बा. बुढाथोकी,भानुभक्त गौतम,शिव ढुङ्गेल,घनश्याम अधिकारी,प्रकाशन हुने पुस्तकका भाषा सम्पादक तिर्थराज खरेल तथा वर्तमान अनेरास्ववियु झापाबाट केन्द्र,प्रदेश तथा जिल्लामा प्रतिनिधित्व गर्ने नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो !

२०७७ माघ २ गते स्थापित पुर्व विधार्थी मंच, झापाका संयोजक भरत शिवाकोटीले कार्यपत्र प्रस्तुत गर्दै मंचले झापाको प्रगतिशील विधार्थी आन्दोलन र अनेरास्ववियु झापाको इतिहासलाई अध्ययन र खोज गर्दै पुर्ण इतिहास समेटिने गरि पुस्तक प्रकाशन गर्ने लक्ष्यको अन्तिम चरणमा मंच रहेको साथै सम्पादक मण्डल तथा भासा सम्पादन गर्ने कार्यमा अगाडी बढिसकेको जानकारी गराएका थिए ! वर्तमान अनेरास्ववियुले गर्ने कामलाइ मंचले आगाडी बढाएको एवं अनेरास्ववियु र पुर्व विधार्थी मंच,झापाको सम्बन्ध तथा सहकार्यमा जोड दिएको कार्यपत्रमा निकट समयमा प्रकाशन हुने पुस्तक अनेरास्ववियु झापाको महत्वपूर्ण पुजी हुनेमा दुइमत नरहेको कुरा कार्यपत्रमा प्रस्तुत थियो !
अनेरास्ववियुमा विभिन्न समयमा महत्त्वपूर्ण योगदान गर्नुहुने,सुषुप्त अवस्थामा रहनुहुने शुभेच्क्षुकहरु सँग विच्छेद भएको सम्पर्कलाई स्थापित गर्ने, उहाँहरुको गुनासा एवम विचारहरु सुन्ने र सम्मान पुर्वक योगदानको कदर गर्दै हिजोको त्याग,बलिदान,समर्पण,निष्ठा,अनुशासन, गोपनियता,विधि, पद्दति आदिलाई पुजी र दायित्वका रुपमा सुरक्षित गर्दै भावी सन्ततिका निमित्त इतिहाश सुरक्षित राख्न तर्फ मंचको ध्यान केन्द्रित रहेको अवधारणा पत्रमा उल्लेख छ ! झापाको प्रगतिशील विधार्थी आन्दोलनका नेताहरुको खोजि, अनेरास्ववियुको स्थापना हुनु पुर्व र स्थापना पश्चात हाल निवर्तमान हुनुभएका व्याक्तित्वहरु र आन्दोलन एवं घटनाक्रमको खोज गर्ने र दस्तावेज निर्माण गर्ने सगै आपसी सम्बन्धलाई सुमधुर बनाउन विभिन्न क्रियाकलाप गर्ने र लक्षित उदेश्य प्राप्तिका निमित्त झापाको प्रगतिशील विधार्थी आन्दोलनका हिमायतिहरु अनि अनेरास्ववियुका भूतपूर्व अग्रज नेताहरु सगै वर्तमान अनेरास्ववियु झापाबाट समेत साथ र सहयोगको अपेक्षा पुर्व विधार्थी मंचले गरेको समेत अवधारणा पत्रमा उल्लेख छ !
प्रस्तुत कार्यपत्र माथी कार्यक्रममा सहभागी अखिलका पुर्व नेताहरुले टिप्पणी गर्दै पुर्व विधार्थी मंचले ल्याएको अवधारणाको खुलेर प्रशंसा गर्दै सुझाव पेश गरेका थिए । अनेरास्ववियु झापाका नेताहरुले कार्यपत्र माथि टिप्पणी गर्दै हिजोको परिस्थिति र आजको परिस्थिति फरक रहेको तथा अनेरास्ववियुले स्वतन्त्र भएर शैक्षिक विकृति एवं विसंगति बिरुद्दको आन्दोलन विभिन्न कारणले अगाडी बढाउँ नसकेको बताएका थिए ! मंचको कार्यको प्रशंग्सा गर्दै यस्ता कार्यक्रमहरु निरन्तर हुनुपर्ने समेत औल्याइएको थियो !
कार्यक्रममा प्रमुख अतिथि सुनिता बरालले पुर्व विधार्थी मंच, झापाले अगाडी बढाएको काम एतिहासिक रहने तथा त्यसले गर्वमा रहेका थुप्रै कुराहरुलाई उजागर गर्ने र त्यसबाट अनेरास्ववियुको गतिशिलता अरु बढने बताउनुभएको थियो ! ‘’राजनीतिक परिस्थिति हिजो र आज फरक भएपनि अग्रजहरुको योगदान बाट नै आन्दोलान यहासम्म आएको हुदा निकट समयमा प्रकाशन हुने पुस्तक निक्कै महत्वपूर्ण रहने र त्यसले अनेरास्ववियुलाई अरु गतिशील बनाउने छ’’ बरालले भन्नुभयो !
मंचका संयोजक भरत शिवाकोटीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको संचालन सचिव धर्मेन्द्र खड्काले गरेका थिए भने सह संयोजक निर्मल दाहालले उपस्थित सबैलाई स्वागत गरेको मञ्चका सह सचिव समर्पण खतिवडाले जानकारी दिए।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *