झापा — कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले निर्माणाधीन लखनपुर स्वास्थ्य चौकीको अनुगमन गर्नुभएको छ।
अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल, स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दहाल, स्वास्थ्य चौकी प्रमुख बिषर्जन मोक्तान तथा पूर्वाधार प्राविधिक शाखाका इन्जिनियर मणि कुमार लिम्बू लगायतको उपस्थिति रहेको थियो।

अध्यक्ष राईले स्वास्थ्य चौकी भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै छिट्टै मेडिकल अधिकृतसहित बर्थिङ्ग सेन्टर सञ्चालनमा ल्याइने बताउनुभयो। यसबाट कमल गाउँपालिका वडा नं. ५, ६ र ७ सहित आसपासका बासिन्दाले सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
उहाँले बाँकी निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुका साथै स्वास्थ्यकर्मीलाई सेवा विस्तारमा सक्रिय हुन आग्रह गर्नुभयो।
