ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, म्याद नथप्न परमादेश

Share

झापा/सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहासतमुक्त गर्न आदेश दिएको छ। न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले पछिल्लो समय थपेको म्याद सकिएसँगै हिरासतमुक्त गर्न आदेश दिएको छ।यससँगै ओली र लेखक चैत २६ गते रिहा हुनेछन्।इजलासले उनीहरूको बन्दीप्रत्यक्षीकरण रिट भने खारेज गरेको छ।इजलासले उनीहरूको बन्दीप्रत्यक्षीकरण रिट भने खारेज गरेको छ।

उनीहरूलाई सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिस कार्यान्वयनका लागि चैत १४ गते प्रहरीले पक्राउ गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले आइतबार ओली-लेखकलाई पाँच दिन हिरासतमै राख्न प्रहरीलाई अनुमति दिएको हो।उनीहरूलाई रिहाका लागि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरिएको थियो ।उक्त रिटमा सोमबार बहस सकिएसँगै सर्वोच्चले थप म्याद नथप्न आदेश दिएको हो।

ताजा समाचार