साताको दुई दिन कार्यालय बिदा, समय बिहान ९ बजेदेखि बेलुकी ५ बजे

Share

झापा/सरकारले पेट्रोलियम पदार्थको भाउ बढेको कारण जनाउँदै सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । भोलिदेखि लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा आगामी शनिबार र आइतबार बिदा दिने निर्णय गरिएको छ ।

आज दिउँसो करिब २० मीनेट बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार अबदेखि कार्यालय समय ९ बजेदेखि ५ बजे बनाइएको छ ।

मन्त्रिपरिषद् बैठकले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था गर्ने निर्णयसमेत गरेको छ ।

ताजा समाचार