केपी ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

Share

झापा/पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै श्रीमती राधिका शाक्यले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ।

सोमबार न्यायाधीश मेघराज पोखरेलको इजलासले नियन्त्रणमा लिनुको कारण पेश गर्न आदेश दिएको हो।

ओलीलाई शनिबार बिहान गुण्डुस्थित निवासबाट भदौ २३ गते आन्दोलनमा जेन–जीको हत्या गरेको भन्दै ज्यान मुद्दाको अनुसन्धानका लागि भन्दै पक्राउ गरिएको थियो।

शाक्यले आइतबार अदालतमा निवेदन दिएकी थिइन्।

ताजा समाचार