भदौ ११, दमक। झापाको दमक–६ मा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज दमकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त रक्तदान कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको संस्थाका ब्यबस्थापक चन्द्र प्रसाद थापाले जानकारी दिनुभयो। संस्थाको २९ औं वार्षिकोत्सव तथा ३१ औं साधारणसभाको अवसर पारेर बुधबार विहान संस्थाको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । उक्त रक्तदान कार्यक्रममा ६३ जना रक्तदाताले रगतदान गरेका छन् ।
कार्यक्रममा संस्थाका संचालक, कर्मचारी तथा शेयर सदस्यहरुले रगतदान गरेका थिए ।
संस्थाले आफनो बार्षिक स्थापना दिवसको अवसर पारेर बर्सेनी भदौ ११ गते रक्तदान कार्यक्रम संचालन गर्दै आएको संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले बताउनु भयो ।
संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
उक्त कार्यक्रम मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दमकको आयोजना र नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। संस्थाले १२ वर्टै सेवा कार्यालय अन्तर्गतको बार्षिक साधारण सभा सम्पन गरि भदौ १२ गते माईन्युट प्रमाणीकरण साधारण सभा दमक स्थित कश्मिक पार्टी प्यालेसमा सम्पन्न हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले बताउनु भयो ।
