आरम्भ न्युज डटकम तेश्रो वर्षमा प्रवेश गर्दै गर्दा हामी तपाई प्रति कृतज्ञ छौं । सम्पूर्ण पाठक, विज्ञापदाता, शुभेच्छुक एवम् सहकार्य गर्ने सम्पूर्ण निकायहरुको सद्भावनै हाम्रो लागि उर्जा हो ।
सुचना तथा सञ्चारले विश्वलाईनै एउटा गाउँमा विकास गरि रहेको अवस्थामा हामी पनि यसको सदस्यका रुपमा रहन पाउँदा गर्वानुभूती भएको छ । सत्य, तथ्य समाचार र स्वतन्त्र लेखनलाई शिरोपर गर्दै शुरु भएको हाम्रो यात्रामा यहाँहरुबाट पाई रहेको साथ, सहयोगले हामीलाई आगामी यात्रा अघि बढाउन हौसला प्राप्त भएको छ ।
विगत दुई वर्षको पत्रकारिता यात्रामा हामीले सत्य, वस्तुनिष्ठता र जनउत्तरदायित्वका मूल्यहरूलाई मूल आधार बनायौं । समाजप्रति उत्तरदायी सञ्चारकर्मको अभ्यास गर्दै आयौं । यसको श्रेय सम्पूर्ण पाठक एवम् शुभेच्छुकहरुलाई दिएका छौं ।
सञ्चारजगतमा नवप्रवेशी संस्थाको रूपमा हामीले पहिलो पाइला चाल्दा कयौं चुनौतीहरु थिए । ति चुनौतीहरुको सामना गर्न यहाँहरुबाट प्राप्त साथ सहयोग कहिल्यै विर्सने छैनौं । तपाईं—हाम्रा पाठक, शुभचिन्तक र स्रोत—को साथ र भरोसाले हामीलाई यो यात्रामा अडिग रहन प्रेरणा दिएको छ ।
हामीले प्रत्येक अक्षर लेख्दा तपाईंको प्रतिक्रिया, सुझाव र विश्वासलाई कदर गरेका छौँ । तपाईंको साथबिना आरम्भको आजको यात्राले गति लिन सक्दैनथ्यो । हामी तपाईंप्रति सदैव ऋणी छौँ ।
आगामी दिनमा पनि लोकतन्त्र, प्रेस स्वतन्त्रता, सुचनाको हक प्रति प्रतिवद्ध रहँदै समाज र नागरिकको पक्षमा हाम्रो यात्रा अविलचित र निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्दछौं ।
Share
