माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड झापा आउँदै

ताजा समाचार मुख्य समाचार राजनीति

दमक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) झापा आउने भएका छन् । जातीय मोर्चाहरुको संयुक्त सम्मेलन उद्घाटन गर्न अध्यक्ष प्रचण्ड झापा आउन लागेको प्रेस सेन्टर नेपाल झापाद्वारा मङ्गलबार दमकमा आयोजित पत्रकार सम्मेलनमा  जानकारी दिइएको हो । 

जेठ ३१ गते पाँच जातीय मोर्चाहरुको  राष्ट्रीय सम्मेलनलाई पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको माओवादी केन्द्रका केन्द्रिय सदस्य साबित्रीकुमार काफ्ले (समर)ले जानकारी दिए ।

प्रदेश मोर्चा फ्याक्सन इन्चार्ज हिमाल किराती र धिमाल राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष तारिकलाल धिमालले सम्मेलनका बारेमा जानकारी दिएका थिए ।

कोचिला राष्ट्रिय मुक्ति मोर्चा, धिमाल राष्ट्रिय मुक्ति मोर्चा, सन्थाल राष्ट्रिय मुक्ति मोर्चा, झागड राष्ट्रिय मुक्ति मोर्चा र मेचे राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रीय सम्मेलन दमकको रिभर भ्यु पार्टी प्यालेसमा गरिने कोचिला राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्ष ममता राजबंशीले जानकारी दिइन् । 

प्रदेश १ लाई ऐतिहासिक पहिचान र सभ्यतामा आधारित ‘किरात लिम्बुवान कोचिला’ नामाकरणको माग गर्दै संयुक्त मोर्चाले आफ्ना गतिविधि अगाडि बढाइरहेको धिमाल राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष तारिकलाल धिमालले जानकारी दिए ।  

कार्यक्रममा सन्थाल राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष मोहन टुडु, झागड राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष रामलखन उराव, मेचे राष्ट्रिय मुक्ति मोर्चा नेपालका रुपेश मेचे, माओवादी केन्द्रका झापा इन्चार्ज रन्जित तामाङ, केन्द्रीय सदस्य बिरेन्द्र बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

प्रेस सेन्टर नेपालका झापा पुष्प खड्काको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन सचिव प्रकाश उप्रेतीले गरेका थिए ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *