News

Company:

लगनशिलले बाड्यो विद्यार्थीलाई जुत्ता

Share

मदन अधिकारी

दमक/सहकारी ऎनको नियम अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत कमल ५ मा रहेको लगनशिल कृषि सहकारी सस्थाले कमल -५ मै रहेको गुहेस्वरी आधारभूत बिद्यालयका १५०बिद्यार्थीलाई जुत्ता र मोजा बितरण गरेको छ ।

हरेक बर्ष सस्थाको कुल मुनाफाको पाँच प्रतिशत सामाजिक सेवामा लगाउने गरेको छ ।  बिद्यालयको प्राङ्गणमा भएको सो कार्यक्रममा सस्था सन्चालक समितिका पदाधिकारी , ब्यवस्थाwपक ,विभिन्न उप समिती, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, पुर्व प्र.अ. ,बर्तमान प्र.अ . , अभिभावक लगायतको उपस्थितमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता सोही सहकारी सस्थाका अध्यक्ष गोबिन्द खनालले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष खनालले आगामी दिनमा पनि यस बिद्यालयका हरेक शैक्षिक गतिबिधीमा सहकारी सस्थाले सहकार्य र सहयोग गर्ने कुरा बताउनु भयो ।

ताजा समाचार