झापा /प्रेस चौतारी नेपाल झापाको नयाँ नेतृत्व चयन भएको छ । बिर्तामोडमा भएको १० औं जिल्ला अधिवेशनले प्रदिप परियारको अध्यक्षतामा जिल्ला कमिटी चयन गरेको हो ।
समितिको उपाध्यक्ष राजु पोखरेल, महिला उपाध्यक्षमा सुनिरा मैनाली, सचिव युवराज आचार्य, सह–सचिवमा राम निरौला, समावेशी सह–सचिवमा तिलक योन्जन र कोषाध्यक्षमा सरोज भट्टराई चयन भएका छन् ।/
यसैगरी सदस्यमा अस्मिता साँखी नविन योगी, भरत भाबुक प्रसाई, इशा प्रधान, तीर्थ तिम्सिना, प्रकाश बाँनिया, सोम मग्राती, रबिकिरण बान्तवा, कबिचन्द्र गुरागाई र किशोर उपरकोटी सर्वसम्मत चयन भएका छन् । नवनिर्वाचित सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले सपथग्रहण गराएका थिए ।
प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको कार्यक्रममा चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्य रहेको थियो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बस्नेत, केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज बिक्रम लुइटेल, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, लगायतले मन्तव्य राखेका थिए ।उद्घाटन कार्यक्रममा स्वागत चौतारीका झापा शाखा उपाध्यक्ष प्रदीप परियारले गरेको कार्यक्रमको सञ्चालन निर्वमान सचिव प्रकाश पौडेलले गरेका थिए ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



