झापा/यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ७ गतेबाट हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८१ को एसईई परीक्षा तालिका मंगलबार बिहान सार्वजनिक गरेको छ । तालिका अनुसार चैत ७ गतेदेखि १९ गतेसम्म परीक्षा चल्ने छ । प्रत्येक दिन बिहान ८ बजेबाट ११ बजेसम्म एसईई सञ्चालन हुने छ ।
पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृतः वेदविद्याश्रमतर्फ– अनिवार्य संस्कृत रचना, अनिवार्य अंग्रेजी मदरसातर्फ – अनिवार्य अरेबिक भाषा अनिवार्य अंग्रेजी अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रमतर्फ)को परीक्षा हुनेछ ।
परीक्षाको नतिजा भने २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने कार्यतालिकामा उल्लेख छ । परीक्षार्थीको रजिस्ट्रेसन–परीक्षा आवेदन फाराम भर्दा फाराममा उल्लेख गरेको जन्ममिति र नाम थर संशोधन गर्नुपर्ने अवस्थामा सम्बन्धित विद्यालयले संशोधन गर्नुपर्ने विवरण २०८२ साल वैशाख मसान्तभित्रमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमार्फत वा सिधै राष्ट्रिय परीक्षा बोर्डमा पठाउनु सकिने व्यवस्था गरिएको छ ।
