राष्ट्रिय युवा संघ झापाको अध्यक्षमा लामा

Share

झापा /नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल झापा जिल्लाको नवौ अधिवेशन सम्पन्न भएको करिब ४ महिनापछि नेतृत्व चयन भएको छ।

नेकपा एमाले झापा जिल्ला कमिटी र अधिवेशनको अध्यक्ष मण्डलले नेतृत्वको टुङ्गो लगाएको हो।राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष पदमा शिवसताक्षीका फुर्वा लामा चयन भएका छन् । एमाले पार्टी कार्यालयमा सोमवार सम्पन्न पार्टी नेतृत्व र अध्यक्ष मण्डलको बैठकले नेतृत्वको टुङ्गो लगाएको पार्टी स्रोतले बताएको छ।

गएको असोज ९ गते झापाको झिलझिलेमा राष्ट्रिय युवा संघ नेपालको नवौं जिल्ला अधिवेशन उद्घाटन भएको थियो। खुल्ला सत्रपछिको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्न सकेको थिएन ।आईतबार अध्यक्ष मण्डल र एमाले झापाको नेतृत्वले अध्यक्ष पदको टुङ्गो लगाएको हो।

यस्तै सचिव पदमा उमेश मिश्रलाई चयन गरेको छ। सहसचिवमा सुलभ भण्डारी र शुक्रराज लिम्बू चयन भएका छन् भने कोषाध्यक्ष पदमा संगीता खतिवडा चयन भएकी छन् ।उपाध्यक्ष र केहि सदस्य चाडै टुङ्गो लगाउने एमाले झापाले जनाएको छ।

ताजा समाचार