दमकमा अपाङ्गता समावेशी विकास प्रशिक्षक प्रशिक्षण तालिम

Share

दमक/झापाको दमकमा अपाङ्गता समावेशी विकास प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ ।

दमक अपाङ्ग सहयोग समितिको आयोजनामा सञ्चालित तालिमको दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापाले उद्घाटन गर्नु भएको थियो । मंगलवार बाट सुरु भएको तालिम पुस २० गते सम्म सञ्चालन हुने छ ।
“अपाङ्गता समावेशी न्यायमा पहँुच सहितको जनउत्तरदायी स्थानिय सरकार, दिगो भविक्ष्यका लागि अपाङ्गता भएका व्याक्तिहरुको सशक्त नेतृत्व हाम्रो सरोकार” भन्ने नाराका साथ तालिम सुरुभएको हो । तालिममा साथै प्रदेश बाट ४० जना अपाङ्गता भएका व्यक्तिहरू सहभागी रहेका छन् ।

अपाङ्गता भएका व्यक्तिहरूलाई योजना निर्माणका लागि आवश्यक पर्ने सूचना, नेपाल सरकार पक्षराष्ट्र भएर गरेका अन्तर्राष्ट्रिय महासन्धि, सन्धि हरूले व्यवस्था गरेका कानुनहरूको कार्यान्वयन नेपालको संविधान अपाङ्गता अधिकार सम्बन्धी ऐन नियमावली र कार्यविधिले व्यवस्था गरेको अधिकार प्राप्तिका लागि वकालत गर्ने दक्ष जनशक्ति निर्माणकालागि तालिमको आयोजना गरिएको दमक अपाङ्ग सहयोग समितिका सचिव मदन कुमार बोहोराले बताए ।
दमक नगरपालिकाले नगर भित्र वसोवास गर्ने अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्दै आई रहेको छ । दमक अपाङ्ग सहयोग समितिको आयोजनामा सञ्चालित यो तालिमले अपाङ्गता भएका व्यक्तिहरूलाइ सामाजिक, राजनीतिक आर्थिक र व्यावहारिक रुपमा आफ्ना हकअधिकार प्राप्त गर्न थप सहयोग पुग्ने दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले बताए ।

ताजा समाचार