काठमाडौँ– ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ भन्ने नाराका साथ आज ३७औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइँदैछ। हरेक वर्ष डिसेम्बर-१ लाई विश्व एड्स दिवसका रूपमा मनाउने गरिन्छ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो। केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार मुलुकमा सन् २०२३ सम्ममा एचआईभी संक्रमण ९१ प्रतिशतले घटेको छ।
सन् २०१० यता विश्वमा एचआईभी संक्रमण ३९ प्रतिशतले घटेको छ। यसैगरी एड्सबाट मृत्युवरण गर्नेको संख्या आधाले घटेको छ। अफगानिस्तान, इजिप्ट, फिजी, फिलिपिन्स, पपुवान्यूगिनी र साउदी अरबमा भने सन् २०१० देखि २०२३ को बीचमा एचआईभी संक्रमणमा शतप्रतिशतले वृद्धि भएको छ।
एचआईभी संक्रमण ७५ प्रतिशतले घटाउने देशमध्येमा हाम्रो मुलुक पनि एक हो। यस्तै सफलता केन्या, मलावी र जिम्बावेले हासिल गरेका उक्त केन्द्रले जनाएको छ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



