गौरादह /नेकपा एमाले गौरादह ४ अन्तर्गत मैदानघोपा टोल कमिटी क ले बडादशै, तिहार, छठ तथा नेपालसम्वत्को उपलक्ष्यमा आज एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरेको छ । नेकपा एमाले कोशी प्रदेश कमिटी उपसचिव जलबर्षा राजवंशीको प्रमुख आतिथ्यता तथा टोल कमिटी अध्यक्ष तुलसीराम ढकालको अध्यक्षता भएको शुभकामना आदानप्रदान कार्यक्रममा एमाले कोशी प्रदेश कमिटी सदस्य आनन्द कुमार लिम्बू, झापा जिल्ला सचिव तुलसी कार्की ,पुर्व झापा जिल्ला कमिटी सदस्य मान बहादुर कार्की ,पुर्व जनप्रतिनिधि मणिन्द्र कार्की रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय सदस्य प्रकाश पराजुली ,अखिल नेपाल किसान महासंघ झापा जिल्ला इन्चार्ज कृष्ण कार्की एमाले गौरादह ४ का वडा अध्यक्ष फडिन्द्र धमला लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन एमाले वडा सचिव छत्र बस्नेतले गरेको एमाले नेता झरेन्द्र खतिवडाले जानकारी दिए।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



