अख्तियारमा सबैभन्दा बढी उजुरी बागमतीका  

Share


झापा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक बर्ष २०८०÷८१ को चौतिसौँ बार्षिक प्रतिवेदन सोमबार मधेस प्रदेश प्रमुख माननीय सुमित्रा सुवेदी भण्डारी समक्ष पेस गरिएको छ ।
मधेस प्रदेश प्रमुखको कार्यकक्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महोत्तरी स्थित बर्दिवास कार्यालयका प्रमुख रामबहादुर कुरुम्बाङ्गले पदेश प्रमुख समक्ष पेस गर्नु भएको हो । आयोगले हरेक बर्ष आफ्नो प्रतिवेदन सघंमा राष्ट्रपति कार्यालय र प्रदेशमा प्रदेश प्रमुखको कार्यालयमा पेस गर्नु पर्ने कानुनी ब्यवस्था छ ।
यसरी प्रस्तुत गरिएको प्रतिवेदनमा आर्थिक बर्ष २०८०÷८१ आयोग मातवतका कार्यालयमा समेत गरि कुल २६ हजार ९ सय १८ अजुरी परेका थिए । यसमा अघिल्लो आर्थिक बर्षको जिम्मेवारी सरेर आएका ९ हजार २ सय ६८ गरी जम्मा ३६ हजार १ सय ८६ उजुरी रहेका थिए । जसमध्ये २७ हजार ७ सय १४ अर्थात ७६ दशमलव ५९ प्रतिशत उजुरी फछ्र्यौट भएको उल्लेख छ ।
देशका सातै प्रदेशको प्रदेशगत उजुरी हेर्दा सबैभन्दा बढी उजुरी बागमति प्रदेशमा १० हजार ५ सय २० अर्थात कुल उजुरी मध्येको २९ दशमलव ०७ प्रतशित उजुरी परेका छन्  । सबैभन्दा कम उजुरी गण्डकी प्रदेशमा २ हजार ६ सय ६८ अर्थात कुल उजुरीको ७ दशमलव ३७ प्रतिशत उजुरी रहेका छन् ।

प्रस्तुत प्रतिवेदनमा मधेश प्रदेशमा आर्थिक बर्ष २०८०÷८१ मा जम्मा ८ हजार ५ सय २९ उजुरी उजुरी परेको उल्लेख गरिएको छ । मधेश प्रदेशका जिल्ला मध्ये पनि सबैभन्दा बढी धनुषा जिल्लामा  सोही आवमा १ हजार १ उजुरी परेका थिए । यो जिल्लाका जम्मा १ हजार ४ सय २२ उजुरी मध्ये १ हजार ५६ उजुरी फछ्र्यौट भएका छन् । त्यसैगरी बारामा जम्मा १ हजार २ सय ७ उजुरी मध्ये ८ सय ८७ फछ्र्यौट गरिएको छ । सप्तरीमा १ हजार १ सय ७० उजुरी मध्ये ९ सय ७१ फछ्र्यौट गरिएको जनाइएको छ ।  रौतहटमा १ हजार ३५ उजुरी परेका छन् जस मध्ये ७ सय ३४ उजुरी फछ्र्यौट भएका छन् ।
त्यसैगरी महोत्तरी जिल्लामा १ हजार २२ मध्ये ८ सय ३४, पर्सामा ९ सय ५६ मध्ये ६ सय ९१, सिराहामा ८ सय ८१ मध्ये ६ सय ८७ र सर्लाहीमा जम्मा ८ सय ३६ उजुरी मध्ये ६ सय ४२ उजुरी फछ्र्यौट भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोगमा परेका उजुरी मध्ये लगभग ५२ दशमलव ८० प्रतिशत स्थानीय तहका रहेको समेत जनाइएको छ ।
कार्यक्रममा मधेश प्रदेश प्रमुख माननीय सुमित्रा सुवेदी भण्डारीले आर्थिक अनुशासनले मात्र देशको सुखी नेपाली समृद्ध नेपालको लक्ष पुरा गर्न सकिने बताउनु भयो । आयोगको प्रतिवेदन बुझेपछि उहाँले सबै धन्यवाद ज्ञापन गर्दै अख्तियारलाई यस्ता आर्थिक अनियमितता लाई कानुनी कार्वाहीको दायरामा ल्याएर देशलाई भ्रष्टाचार न्यनीकरणमा भूमिका खेल्न सुझाव समेत दिनुभएको छ । कायक्रममा बर्दिवास कार्यालयका प्रमुख कुरुम्बाङ्गले आफ्नो कार्यालय मातवतका जिल्लाको प्रतिवेदन छोटकरीमा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा कार्यालयका उपसचिव तुलसीराम पौडेल समेतको उपस्थिती रहेको थियो ।

ताजा समाचार