झापा ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अवरुद्ध यातायात सञ्चालन पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।आइतबार मन्त्रालयमा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरुसँगको छलफलमा उनले बाढी र पहिरोले भत्किएका सडक मर्मत एवम् पहिरो पन्छाई यातायातलाई सहज बनाउने काम मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताए ।
पुल क्षतिग्रस्त भएका स्थानमा बेलिब्रिज राखेर तथा अन्य विकल्पहरुको पहिचान गरी आवागमन सहज बनाउन सडक विभागमार्फत काम अघि बढाइएको उनले बताए ।
मन्त्री दाहालले बाढीपहिरोमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे । ताप्लेजुङकी सांसद उर्मिला थेवे, खोटाङका पूर्वसांसद विशाल भट्टराईलगायतको प्रतिनिधिमण्डलसँग मन्त्री दाहालले छलफल गरेका थिए ।
Share