दमकको गौहत्यामा संलग्न एक पक्राउ

Share

झापा । झापाको दमकमा भएको गौ हत्यामा संलग्न एकजना पक्राउ परेका छन् ।

हाल दमक ५ मा बस्दै आएका बेलडाँगी शरणार्थी शिविरका प्रेम विष्ट पक्राउ परेका हुन् । गाई काट्ने हतियार , जोख्ने तराजु र केही मासुसहित विष्टलाई हिजो दमक प्रहरीले पक्राउ गरेको हो । उनलाई भोलि सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रहरी स्रोतले जनाएको छ । दमक प्रहरीले सो घटनाका सम्बन्धमा अनुसन्धानका लागि ८ जनालाई बोलाएको थियो ।

मंगलवार राति दमक नगरपालिका वडा नम्वर २ बस्ने ६७ वर्षीय लक्ष्मण बिष्टको वडा नम्वर १ मा रहेको गाईगोठबाट गाई चोरेर लगेर हत्या गरिएको थियो । गोठबाट अकलापुरी ग्रिन सिटी तथा बाबा विश्वकर्मा मन्दिर प्रवेशद्वारको गेटबाट सय मिटरको दूरीमा गाईलाई मारिएको थियो । घटनामा संलग्नलाई कार्वाहीको माग गर्दै हिन्दुवादी संगठनहरुले आन्दोलन गर्दै आएका छन् ।

ताजा समाचार