प्रध्यानाध्यापक नियुक्ति विवादले विद्यालयको पठनपाठन प्रभावित

Share

दमक /झापाको कमल गाउँपालिका ३ स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषयमा लिएर पठनपाठनमा अवरोध भएको छ । साउन ३० गतेदेखि यता प्रध्यानाध्यापक नियुक्तिको बिषयमा दिनहुँ विवाद देखिएको छ ।
विद्यार्थीहरुले सहज रुपमा पढन पाउनुपर्ने माग गर्दै गाउँपालिका, व्यवस्थापन समिति र प्रहरी समक्ष निवेदन दिएका छन् । विद्यालय भन्दा बाहिर नै समस्या समाधान गरिनुपर्ने माग विद्यार्थीहरुले गरेका छन् । विद्यार्थीहरु प्लेकार्ड र नारा लगाउदै प्रहरी चौकी पुगेका थिए । उनीहरुले सहज रुपमा सुरक्षित रुपमा पठनपाठनको व्यवस्था मिलाउन माग गरेका हुन् । कार्यरत मध्ये ज्येष्ठ शिक्षक शिवप्रसाद भट्टराईलाई व्यवस्थापन समितिले प्रध्यानाध्यापक नियुक्त गरि सिफारिस गरेसँगै उनी माथि झुटो मुद्दा लगाइएको विद्यालयकी छात्रा तथा वडा स्तरीय बाल सञ्जालकी अध्यक्ष श्रीयान्सी ढुंगेलले बताइन् ।
विद्यालयको बाल सन्जालका अध्यक्ष लक्ष्मण चौधरीले प्रध्यानाध्यापक नियुक्तिको बिषयले विद्यालयमा प्रबेश पाएसँगै पढ्ने वातावरण बिग्रीएको बताउछन् । उनका अनुसार गैह्र अभिभावक र केही ब्यक्तिहरु हुल सहित विद्यालयमा प्रवेश गरि पठनपाठनमा अवरोध सिर्जना गरेका छन् । त्यसकै सहजीकरणका लागि प्रहरीमा निवेदन दिइएको उनले बताए ।
२०८१ साल साउन २९ गते कमल गाउँपालिकाले विद्यालयमा कार्यरत शिक्षक नवराज नेम्बाङलाई प्रध्यानाध्यापक नियुक्त गर्नु भनेर व्यवस्थापन समितिलाई भनेपनि सो निर्णय हुन नसक्दा त्यहाँको पठनपाठन प्रभावित बनेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ खतिवडाले विद्यार्थीलाई सहज रुपमा अध्ययन गर्ने वातावरण बनाइने बताएका छन् । उनले केही गैह्र अभिभावकले अवान्छित गतिविधि गरेको आरोप लगाए ।
विद्यालयको प्रध्यानाध्यापक नियुक्तिमा राजनीतिक दलको चासो बढेसँगै विद्यालयको शैक्षिक वातावरणमा समस्या देखिएको हो । कार्यरत बरिष्ठ शिक्षक भट्टराईलाई झुटो मुद्दामा फसाइएको केही शिक्षकहरुले गाउँपालिकाका अध्यक्ष हुकुमसिह राईलाई बुधबारै लिखित रुपमा बुझाएका छन् ।

ताजा समाचार