झापा ।गौरादह नगरपालिका वडा नम्बर १ ले चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । वडा कार्यालयमा आज कार्यक्रम गरि चालु आर्थिक वर्षका कामको समिक्षा र सुझाव समेत संकलन गरेको हो ।
वडा अध्यक्ष नगेन्द्र भण्डारीले वडामा सञ्चालित योजनाका बिषयमा जानकारी गराएका थिए । यस्तै आगामी आवका लागि सुझाव समेत माग गरेका थिए । उनका अनुसार वडा स्तरीय सबै योजनाहरु सम्पन्न हुने क्रममा छन् । नगरकै गौरवका रहेको पोखरीलाई पर्यटकीय केन्द्र बनाउनका लागि काम अघि बढेको उनले बताए । यस्तै वडामा रहेका बिरामीका लागि अक्सिजन सिलिण्डर खरिद गरि निशुल्क प्रयोगको सुविधा रहेको भण्डारीले जानकारी दिए । वडाले ३ वटा सिलिण्डर खरिद गरेको छ । यस्तै बिपन्न बिरामीलाई औषधी उपचारमा सहयोग, शव वहान शुल्क पनि वडाले नै बेहोर्ने गरेको छ । यस वर्ष २० जनाले यो सुविधा लिएको उनले जानकारी दिए । ३७ वटा स्प्रे टंयाकी वितरण गरिएको, ४५४ वटा पशुको साझेदारीमा बिमा गरिएको उनले कार्यक्रममा जानकारी दिए ।
कार्यक्रममा सहभागीहरुले पूर्वाधार, शिक्षा र नगर अस्पतालको स्तरउन्नतीको माग गरेका थिए । पूर्व प्राध्यापक सुरेश पौडेलले शिक्षा क्षेत्रको सुधारमा अझै काम गर्न बाकीँ रहेको सुझाव दिए । सारथी युवा क्लबका गोविन्द कडेँलले दुब्र्यसनी नियन्त्रणका लागि कार्यक्रम प्रभावकारी नभएको बताएका थिए । सुनुवाई कार्यक्रम वडा सदस्य केशरबहादुर खवासले सञ्चालन गरेका थिए ।
Share