झापाको दमकबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित चारजना पक्राउ

ताजा समाचार समाज हाम्रो झापा

झापा- झापाको दमकबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन्।

गएराति अन्दाजी १० बजेको समयमा दमक नगरपालिका- २ स्थित हिमालय माध्यमिक विद्यालयनजिक बाटोमा लागुऔषध बिक्री गरिरहेको विशेष सूचना पाएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो।प्रहरीले दमक २ बस्ने ४३ वर्षीय नेत्र थापा, सोही ठाउँ बस्ने २६ वर्षीय भेषबहादुर भुजेल, १९ वर्षीय किरण थापा र वडा नं.५ बस्ने २६ वर्षीय प्रकाश लिम्बूले बोकेको स-सानो प्लाष्टिकको पोकामा ३० पोका ब्राउनसुगर भेट्टाएको थियो।त्यसलाई डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ७ ग्राम ५१० मिलिग्राम ब्राउनसुगर फेला परेकोले उनीहरुलाई तत्काल नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *