कोशीमा नयाँ सरकार गठनको आह्वान गर्न एमाले–माओवादीको माग

ताजा समाचार प्रदेश राजनीति


झापा ।
कोशी प्रदेशमा नया आज नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र० ले प्रदेश प्रमुख पर्शुराम खापुङलाई भेटेर नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न माग गरेका छन् । तर प्रदेश सरकारका मन्त्रीहरूले भने बजेट अधिवेशन आह्वानका लागि सरकारले गरेको सिफारिसको स्मरण गराएका छन् ।

आज मन्त्रिपरिषद् बैठक बसेर अधिवेशन आह्वानको विषय प्रदेश प्रमुखलाई पुनः सम्झाउने निर्णय गरेको थियो । सरकारले यसअघि बजेट अधिवेशन आह्वानको सिफारिस गरेकोमा एमाले र माओवादीका ५२ जना सांसदले वैशाखमा विशेष अधिवेशन बोलाउन गरेको समावेदनअनुसार प्रदेश प्रमुखले वैशाख ६ गते विशेष अधिवेशन आह्वान गर्नुभएको थियो ।

अधिवेशनले सङ्कल्प प्रस्तावमार्फत मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन गए रातिसम्मको समय सीमा दिएको थियो । तर तोकिएको समयमा विश्वासको कार्कीले मत नलिएकाले अब नयाँ सरकार गठनका लागि आह्वान गर्न एमाले र माओवादीले प्रदेश प्रमुखसँग माग गरेका छन् ।

कोशी प्रदेशमा सरकारविहीनताको अवस्था सिर्जना भएको दाबी गर्दै उनीहरूले नयाँ सरकार गठनको प्रक्रिया थाल्नुपर्ने जिकिर गरेका छन् । मुख्यमन्त्री कार्कीले भने संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफू नियुक्त भएकाले दोस्रो पटक विश्वासको मत लिनुनपर्ने दाबी गर्दै आउनुभएको छ । दुवै पक्षको कुरा सुनेपछि प्रदेश प्रमुख खापुङले आफू संविधान, ऐन र कानुनअनुसार अघि बढ्ने बताउनुभएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *