झापा-उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारको टुङ्गो लगाउन नेपाली कांग्रेस पदाधिकारीको बैठक बस्दै छ । बैठक पार्टी सभापति शेर बहादुर देउवाको निजी निवास बुढानिकलण्ठमा बस्न लागेको हो ।नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीका उम्मेदवारको टुङ्गो लगाउन दुई बजेबाट बैठक बस्न लागेको स्पेस समाचारलाई जानकारी दिए । उनले भने,’आज पार्टीका उम्मेदवारको टुङ्गो लगाउनका लागि पार्टी सभापति शेर बहादुर देउवाको निवासमा बैठक बस्दै छ । हिजोको बैठकमा अलि विवाद देखिएका कारण टुङ्गोमा पुग्न सकेन। खास गरी गुटको कलर देखाएका कारण त्यो विषय टुङ्गिन सकेन ।’उनले आंकाक्षीहरु धेरै भएका कारण पार्टीले निर्णय लिन नसकेको स्पष्ट पारे । आगामी वैशाख १५ गते हुने हुने उपनिर्वाचनका लागि इलाम २ मा देउवाले सुभासचन्द नेम्वाङसँग पराजित भएका डम्बर खड्कालाई अघि सारेका छन् । तर पार्टी महामन्त्रीद्वय विश्व प्रकाश शर्मा र गगन थापा, नेता शेखर कोइरालाले खड्का बाहेक स्थानीय पलुलर व्यक्तिलाई बनाउनु पर्ने अडान राखेपछि हिजो बैठक बिना निष्कर्ष टुङ्गिएको थियो ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



