राष्ट्रिय सभामा सत्तापक्षका साझा उम्मेद्वार दाहाल

0
38

फागुन २८, २०८० सोमबार

काठमाण्डौ – भोलि हुने राष्ट्रिय सभा अध्यक्षको लागि सत्तारुढ गठवन्धनका तर्फबाट नारायण दाहालको उम्मेद्वारी दर्ता भएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गरेका दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी तथा समर्थकमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद रहनु भएको छ ।

राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत छ । माओवादीको १७, एमालेको १०, एकीकृत समाजवादीको ८ र जसपा ३ गरी सत्ता गठबन्धनसँग राष्ट्रिय सभामा ३९ सांसद छन् । कांग्रेससँग राष्ट्रिय सभामा १६ सांसद छन् । राष्ट्रिय सभा अध्यक्षमा मनोनीत हुनका लागि ३० जना सांसद भए बहुमत पुग्छ । राष्ट्रिय सभा अध्यक्षको लागि भोलि चुनाव हुनेछ ।

उक्त पदमा नेपाली कांग्रेसका युवराज शर्माले पनि उम्मेदवारी दर्ता गराउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here