झापा-निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गराउन आग्रह गरेको छ । आगामी बैशाख १५ गते इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा रिक्त प्रतिनिधिसभा सदस्य र बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा रिक्त प्रदेशसभा सदस्यको निर्वाचन घोषणा भएकाले देशभरका मतदाताको नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न सबै निर्वाचन कार्यालयहरुबाट संकलन भएको मतदाता नामावलीको अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ हुने आयोगले जनाएको छ ।
निर्वाचन कार्यालयहरुबाट फागुन १३ गतेसम्म संकलन भएका विवरण मध्ये २०८१ वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताको विवरण अद्यावधिक गरिने पनि आयोगले जनाएको छ । आयोगले मतदाता नामावली अद्यावधिक तथा अन्तिम मतदाता नामावली प्रकाशन कार्यक्रम फागुन २९ देखि चैत्र ५ गतेसम्म सञ्चालन गर्ने उल्लेख गरेको छ । चैत्र २२ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने गरिने आयोगले जनाएको छ ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



