भत्कियो सत्ता गठबन्धन, आजै नयाँ मन्त्रिमण्डल गठन हुँदै

ताजा समाचार राजनीति

झापा-नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको नयाँ सत्ता गठबन्धन बन्ने भएको छ । यसअघिको नेपाली कांग्रेस र माओवादी सहितको सत्ता गठबन्धन भत्किएको हो । योसँगै 

आजै नयाँ मन्त्रिमण्डल गठन गर्ने तयारी समेत गरिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन हुने बताइएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आजै नयाँ मन्त्रिमण्डल गठन हुने जानकारी दिनुभएको छ ।  

आज हुने मन्त्रिमण्डल गठनमा एमाले र रास्वपाका एक एक जना मन्त्री बन्नुहुनेछ । एमालेबाट प्रमुख सचेतक पदम गिरीलाई मन्त्री बनाउने सचिवालय बैठकले निर्णय गरेको स्रोतले जनाएको छ । 

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *